सुनको मूल्यले रेकर्ड तोड्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य हालसम्मकै उच्च हुदै नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेको हो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

  • २२ चैत्र २०७९, बुधबार ११:१७ प्रकाशित