हर्क साम्पाङ र बालेनबीच भेट

केन्द्रभाग मिडिया

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । केही समय अघि भने सामाजिक सञ्जालमा हर्क र बालेनबीच वार चलेको थियो । फेसबुक वारपछिको पहिलो भेटले पुन सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

  • २१ चैत्र २०७९, मंगलवार १६:२७ प्रकाशित