काठमाडौँ ।
मिटरब्याज पीडितहरूले अर्को समुह काठमाडौं पुगी आन्दोलन सुरु गरेका छन् । उनीहरुले सरकारले आफूहरूका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरूले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।
सरकारले पीडितको पक्षमा तत्काल कानुन बनाउनुपर्ने, जाली तमसुकहरू खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरूलाई तत्काल रिहाइ गर्नुपर्नेलगायतका माग राखेका छन् ।
सर्लाहीबाट सोमबार काठमाडौँ आएका पीडित चन्द कुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनै पनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए । सरकारले २०७८ साल असोज १ गते पीडितहरूसँग गरेको कुनै पनि सहमति कार्यान्वयनमा चासो नदेखाएको पीडितहरूको आरोप छ ।
‘
उक्त समयमा सरकारले गठन गरेको कार्यदलले पीडितको बस्तीमा पुगे अति नै राम्रो प्रतिवेदन बनाएर सरकारलाई पेस गरे पनि कानुन अभावका कारण कार्यान्वयन नभएको उनको दाबी छ । पीडितलाई न्याय दिनका लागि तत्काल भएका कानुन संशोधन र आवश्यक कानुन बनाउनुको विकल्प नभएको उनको भनाई छ ।