मिटरब्याज पीडितको समस्या समाधानका लागि जाँचबुझ आयोग गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) उत्तमराज सुवेदी र महान्यायाधिवक्ता कार्यालयका पूर्व नायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

उनका अनुसार समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस तथा मूर्त रूपमा मिटरब्याजीको समस्या समाधानका लागि तत्काल कार्यान्वयनमा जाने गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।

  • २१ चैत्र २०७९, मंगलवार १०:२७ प्रकाशित