संस्कृत युवा मञ्च द्वारा प्रकाशित भित्ते–पात्रो विमोचन

केन्द्रभाग मिडिया

पोखरा ।

संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि.सं २०८० सालको भित्ते–पात्रो बिमोचन भएको छ । पोखरा–९ शान्तिघाट जेष्ठ नागरिक भवनको सभाहलमा भएको कार्यक्रमा गण्डकी प्रदेशका सामाजिक विकाश तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले भित्ते पात्रको विमोचन गरेका हुन् ।
प्रमुख अतिथिको मन्तब्य राख्दै गुरुङले संकृत युवा मञ्चले सामाजिक काममा लागेर गरेको सहयोगको प्रशंसा गर्दै यो पञ्चाङ्ग सहितको भित्ते (पात्रो प्रकाशन गरी अझै राम्रो काम गरेको र यस्ता सामाजिक तथा धार्मिक कार्यहरुमा आफूले सक्दो सहयोग साथ दिने भन्दै संस्थाको उज्वल भविष्यको कामना गरे ।

संस्थाका अध्यक्ष रामकृष्ण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव केशब गौतमले कार्यक्रम संचालन तथा संस्थाका उपाध्यक्ष डिल्लिराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा केदारेश्वर आश्रमका संस्थापक चित्धन चैतन्य डा. लेखनाथ आचार्य , सल्लाहकार तथा विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य डा. जगन्नाथ रेग्मी , युवा पण्डित भागवत भाष्कर कमलनयन गौतम, पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी,बिश्व हिन्दु माहासंघ नेपाल गण्डकी प्रदेश मातृ शक्ति परिचालन संयोजक पार्वता पौडेल लगायतले आ(आफ्नो मन्तब्य राख्दै संस्थालाई शुभकामना दिएका थिए ।

  • १९ चैत्र २०७९, आईतवार १८:२३ प्रकाशित