कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.१३ को आयोजनामा कमल पोखरी सफाइ गरिएको छ । वडा अध्यक्ष किरण बरालका अनुसार शनिवार कमलपोखरीको सफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, सरसफाइ शाखा, स्थानीय नागरिक समाज र वडा नं.१३ वासीहरूको सहभागिता रहेको थियो ।

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व वडा अध्यक्ष बरालले बताए। यसको संरक्षण, विकास र प्रवर्धनका लागि हातेमालो गर्न समेत उनले आग्रह पनि गरे ।

  • १८ चैत्र २०७९, शनिबार १६:०० प्रकाशित