नेपाली काँग्रेसनिकट संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ।
हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्दैछ । हिजो भएको निर्वाचनको मतगगणना जारी छ । जारी मतगणना पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार शिव लम्साल नेतृत्वको प्यानले अग्रता लिएको छ ।
७ सय ७१ मत गनिसक्दा शिल लम्सालले ४१६ मत ल्याएका छन् भने अध्यक्षकी प्रत्यासी अनिता बिन्दुले ३३९ मत प्राप्त गरेकी छिन् । लम्साल ७७ मतले अगाडी छन् ।
यस्तै महासचिवमा दिलीप पौडेलले अग्रता लिएका छन् । पौडेलले ५०५ मत प्राप्त गर्दा जगन्नाथ दुलालले २३५ मत पाएका छन् । दुलाल भन्दा पौडेल २७० मतले अगाडी छन् ।













