प्रहरीद्वारा जौवारी नजिक सेती भीरमा खसेकी एक युवतीको उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १ जौवारी नजिकको भीरमा खसेकी एक युवतीलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दशैंको टिकाको दिन (बुधबार) राति ९ बजे भीरमा खसेर सेती किनार भन्दा माथि अड्केकी पोखरा १६ बस्ने २४ वर्षकी दुर्गा श्रेष्ठलाई उद्धारा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर कुमार तिवारीले राति ९ बजे भीरबाट लड्न गई सेती नदीको तिरमा अड्केको जानकारी पाउना साथ  प्रहरी टोली पुगेर उद्धार गरेको हो । वडा प्रहरी कार्यालय बगरका इनिस्पेक्टर महेस कुमार अचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायाव निरीक्षक मणिप्रताप थारुको कमाण्डमा खट्टिएको प्रहरी टोलीले डेढ घण्टा लगायएर श्रेष्ठको उद्धार  गरेको थियो ।

उद्धार लगत्तै पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचारका लागि लगिएको तिवारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक तिवारीका अनुसार अहिले उद्धार गरिएकी श्रेष्ठको अवस्था सामान्य छ ।

  • २० आश्विन २०७९, बिहीबार १४:४१ प्रकाशित