बारामा बस दुर्घटन हुँदा ८ जनाको ज्यान गुम्यो, २५ जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं।
नारायणघाटबाट वीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना हुँदा ८ जनाको ज्यान गुमेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी होविन्द्र बोगटीका अनुसार दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो ।

घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

उद्धारमा संलग्न प्रहरीले दुर्घटनामा ८ जनाको ज्यान गुमेको जानकारी दिएपनि अस्पतालले भने पुष्टि गर्न बाँकी छ ।

  • २० आश्विन २०७९, बिहीबार १२:१६ प्रकाशित