बडादशैंमा राष्ट्रपतिको टीका

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका गुरुहरुबाट लगाएर आफूले पनि नातेदारलाई लगाइदिएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा कार्यरतहरुलाई पनि टीका लगाइदिएकी छिन् ।

भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन्। बुधबार गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी हुन्।

बडादसैं २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११स्५१ बजे टीका ग्रहण गरेकी थिइन्।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वहरुलाई पनि टीका प्रसाद प्रदान गरेकी थिइन्।

  • १९ आश्विन २०७९, बुधबार १८:३० प्रकाशित