ओलीलाई कालो झन्डा देखाउन खोज्ने ११ जना पक्राउ

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन् । प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको हो ।

जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका उनीहरुले ओलीलाई कालो झन्डा देखाउने तयारी गरेका थिए ।

कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइए पनि उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।

  • २७ भाद्र २०७९, सोमबार १५:२७ प्रकाशित