काठमाडौं ।
नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग तालमेलको प्रयास गरेको छ। निर्वाचन नजिकिएसगै एमालेले गठबन्धन बाहिरका साना दलहरुसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)अध्यक्ष महन्थ ठाकुरसँग तालमेलका बारे छलफल गरेको बताइएको छ।
ओली आफैले चुनावी सहकार्य कुरा गरेको स्रोतहरुले बताएका छन् । छलफल सकारात्मक दिशामा रहेको समेत उल्लेख गरिएको छ।
मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाट निष्कर्षमा पुर्याउन सक्रिय रहे पनि लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव दिएका छन् ।
लोसपाले अब एमालेसँग सहकार्य गर्नुको विकल्प नभएको लोसपाका नेता कार्यकर्ताले बताएका छन् ।