काठमाडौं ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गर्नु चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताए । ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ ।
वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उनले भने, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’
कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उनले बताए ।