काठमाडौं ।
नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार आएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
‘बिहीबार बिहानसम्म तीन प्रदेश ९गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति० को सिफारिस आइसकेको छ । र अरु आउने क्रममा रहेको सचिव अधिकारीले बताएका छन् । उनको अनुसार बिहीबार बेलुकासम्म सबै प्रदेशको आइसक्ने छ।
एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सचिव अधिकारीले आएका सिफारिसबारे छानविन भइरहेको बताए ।