ब्यबसायीको हितमा काम गर्ने नै उदेश्य छ भने किन प्यानल बनाउनुपर्यो ? – महासचिवका उम्मेदवार तारानाथ ढुंगाना

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको ३४ महाधिवेशन भदौँ २४ र २५ गते हुदैँछ । पोखराको पुरानो संस्था संघमा महाधिवेशनको मिति नजिकिदै जादाँ व्यवसायी बिच प्रतिष्प्रर्धा तिव्र बन्दै गएको छ । दुइ प्यानल र केहीले एकल रुपमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनमा समूह बनाएर निर्वाचनमा जान नहुने विचार सहित केहीले एक उम्मेदवारी दिएका छन् । यसै सन्दर्भमा महाधिवेशनमा एकल रुपमा उम्मेदवारी दिएका महासचिवका उम्मेदवार तारानाथ ढुंगानासंग गरिएको कुराकानी ।

 

१) अन्तिम समयमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ तपाईको उम्मेदवारी के का लागि र किन ?

अग्रज लाई सम्मान नयाँलाई प्रोत्साहन,ब्यबसायीक एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ स्वतन्त्र रुपमा मेरो उम्मेदवारी छ । मूलत के छ भन्नुहुन्छ भने ६८ वर्ष पुरानो गर्विलो ईतिहास छ संघको ।

यो ईतिहास जोगाईराख्नका लागि समग्र आम उद्योगी , आम ब्यबसायीको साझा समस्या समाधानका लागि तीनै तहको सरकारसँग समन्वयकारी भूमिका खेल्ने नेतृत्व संघमा हुनु जरुरी छ । महानगर र कास्की जिल्ला क्षेत्रमा ६० हजार ब्यबसायी सरकारी निकायमा दर्ता छन् । पोखरा उद्योग वाणिज्य संघ यी सबैको साझा संस्था बन्नु पर्छ भन्ने मान्यता छ । यी सबैलाई समेट्न सकेको छैन ।

अहिले भईरहेको ३,१४३ सदस्यतालाई दुई वर्षे कार्यकालमा १० हजार पुर्याउने लक्ष्य, अल्पकालिन ,मध्यकालिन र दिर्घकालिन योजनाका साथ अगाडी बढ्ने साथै आम उद्योगीको समस्या निराकरणका लागि मेरो उम्मेदवारी हो । बस्तुगत हिसाबले कारोबार गर्ने ६०–६५ ओटा संघहरुको साझा समस्या सुन्ने , समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने यो सहित सबै संस्था र ब्यबसायीले अपनत्व महशुस गर्ने गरी संघलाई अभिभावकत्व ग्रहण गर्नु पर्नेछ । जुन अहिले र यसअघिका नेतृत्व र कार्यकारी पदमा बस्ने साथीहरुमा कमी देखियो तसर्थ साच्चै ब्यबसायीको संस्था र उनीहरुका पक्षमा काम गर्ने संस्था बनाउनका लागि मैले उम्मेदवारी दिनु उपयुक्त ठाने र उम्मेदवारी सार्वजनिक गरे ।

२) अहिलेसम्म २ जनाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । संस्थालाई ब्यबसायीको हितमा लैजाने सपना देख्नुभएको छ । त्यसका लागि किन अध्यक्ष नभई महासचिवमा उम्मेदवारी दिदै हुनुहुन्छ ?

म पहिले पनि संघको एक कार्यकालमा कार्यकारी सदस्य भएर काम गरेको अनुभव , विभिन्न सामाजिक संघ संस्थाहरुमा नेतृत्वको अनुभव राखेको छु । मैले नेतृत्व गरेका पेशागत प्रतिष्ठानहरुलाई सबल रुपले अघि बढाएको र ती संस्थाको गरीमा उच्च रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छु । तपाईले भनेजस्तै अध्यक्ष नेतृत्वमा हुन्छ । तर अध्यक्षलाई सहयोग गर्नका लागि कार्यकारी रुपमा रहने महासचिव पद नै हो । अध्यक्षका लागि दावी गरेर यो वा त्यसको भनेर जोडीनुभन्दा एक कार्यकाल महासचिवका रुपमा सम्पूर्ण उद्योगी ब्यबसायीसँग हातेमालो गर्दै अघि बढ्ने सोच छ । फेरी महासचिवले नै संघका सम्पूर्ण गतिविधी संचालन गर्छ । ती हरेक गतिविधीमा प्रत्येक सदस्य ब्यबसायीले आफ्नो उपस्थिती महशुस गराउनु पर्छ । त्यसका लागि मैले यसपटक महासचिवमा आफ्नो बलियो दावेदारी अघि सारेको हु ।

३) दुई समूह छन् । तपाईकुनै पनि प्यानलमा हुनु हुन्न । तपाई प्यानलमा बस्न नरुचाउनुभएको की संघको नेतृत्वका लागि प्यानल बनाएर जानु हुदैन भन्ने हो तपाईको ?

तपाईले सोध्नुभएको कुरा एकदमै गम्भीर प्रश्न हो । यति लामो ईतिहास बोकेको पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघलाई कुनै नेतृत्व वा कोही ब्यक्तिको विरासतको निरन्तरताका रुपमा लिईनु हुदैन । प्यानल , गुट , उपगुट , समूदाय वा संगठन होईन सम्पूर्ण ब्यबसायीको अपनत्व हुने गरी नेतृत्व चयन गरीनुपर्छ । सबैले संघ र ब्यबसायीको हितमा काम गर्ने नै उदेश्य छ भने किन प्यानल बनाउनुपर्यो ? यसरी प्यानलमा जाँदा जित्नेमा दम्भ खडा गर्छ भने हार्नेमा हिनता बोध उत्पन्न हुन्छ ।

एकल रुपमा चुनावमा जाने हो भने अहिलेको अवस्थाका सबै ब्यबसायी सदस्यहरुले कसने संघको नेतृत्वलाई बलियो रुपमा अघि बढाउँछ भन्ने सजिलै बुझेको छ । म यो विचमा धेरै सदस्यहरुकोमा आफ्ना एजेण्डा लिएर पुगेको छु । उहाँहरु संघको नेतृत्वलाई प्यानल बनाएर लैजान हुदैन एकल रुपमा चुनाव गरेको नै उत्तम हुन्छ भन्ने धारणा मैले पाएको छु । तसर्थ म एक्लै हुँला तर सम्पूर्ण ब्यबसायीहरुको साझा उम्मेदवार हुँ ।

४) अहिलेको अवस्थालाई हेर्ने हो भने पोखरा उद्योग वाणिज्य संघ हरेक हिसाबले कठीन अवस्थामा छ । पोखरा उद्योग वाणिज्य संघ कस्तो हुनुपर्छ भन्ने लाग्छ ? संघको सुखद भावी दिनका लागि के एजेण्डा लिनुभएको छ ?

हो पोखरा उद्योग वाणिज्य संघको अवस्था कठीन नै छ । हिजोका दिनमा सबैको अपेक्षा बन्ने संघ अहिले त्यो हुन सकिरहेको छैन । आर्थीक अवस्था निक्कै कमजोर बनिसकेको छ । तसर्थ अब त्यहाँ निर्वाचित भएर जाने जो कसैले संघको उज्वल भविष्य निर्माणका लागि प्रयत्न गर्नुपर्छ । हुन त चुनावी एजेण्डा बनाएर पदमा पुग्ने त्यसपछि आफ्नै एजेण्डा बिर्सने गरेका दृष्टान्त हामीसामू रहे । तसर्थ आफ्ना एजेण्डा मूलभूत रुपमा संघको आर्थीक अवस्था बलियो बनाउने तर्फ केन्द्रित राखेको छु ।

जसका लागि बहुउदेश्यीय भवन निर्माण गर्ने मुख्य एजेण्डा छ । संघको सचिवालय सुस्त छ त्यसलाई चुस्त राख्ने पनि मेरा लक्ष्य हुन् । बृहत उद्योग वाणिज्य संघ निर्माण अभियान अन्र्तगत ३ हजार १ सय ४३ सदस्य बाट १० हजार सदस्य पु¥याउने लक्ष्यका साथ अघि बढ्ने योजनामा छु । त्यस्तै विभिन्न सरकारी तथा गैर सरकारी संस्था , तीनै तहका सरकारसँगको सहकार्यका उद्योगी र ब्यबसायीक हितका कार्यक्रमलाई निरन्तरता दिने योजना मेरा छन् । अर्को कुरा गुट उपगुट र राजनैतिक खिचातानीका कारण वास्तविक र सक्षम ब्यक्ति नेतृत्व तहबाट पछि हटुनुपर्ने अवस्था विगतले देखाएको छ । जुन सकारात्मक हुदै होईन । भोली त्यो सकुला वा नसकुला थाहा छैन त म महासचिव भएपश्चात अब दुई वर्षपछि हुने अधिवेसनमा समूहगत नेतृत्वमा जाने परीपाटी अन्त्य गर्ने प्रयास रहनेछ । उद्यमशिलता र उद्यमी के हो भन्ने सामान्य ज्ञान नभएका हरुपनि राजनितीक कारणले निर्वाचन जित्ने क्रम बढ्दो छ संघमा तसर्थ पोखरा उद्योग वाणिज्य संघमा हाम्रो होईन राम्रो र सबल नेतृत्व हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने कुरा चुनौती नै भएपछि आफ्नो लक्ष्यका रुपमा लिएको छु ।

५) तपाई स्वतन्त्र उम्मेदवार हैन त जितपश्चात प्यानलबाट आएका अध्यक्ष र अन्य पदाधिकारीसँग समन्वय गरेर जान कत्तिको चुनौतीपूर्ण देख्नुभएको छ ?

हेर्नुस म उद्योग वाणिज्य संघमा राजनिति गर्न जाने होईन काम गर्न जाने हो । मलाई जो सुकै अध्यक्ष बनेर आएपनि संघको हितका लागि काम गर्न कुनै असहजता हुँदैन । संघको विधान र नीति नियममा रहेर अधिकार र कर्तब्य पूर्णत पालना गर्ने गराउने उदेश्य बोकेको छु । राम्रो कामका लागि जति नै दबाब र प्रभावको सामना गर्नका लागि म सक्षम छु । नीतिगत एजेण्डामा बहस गर्ने र गराउने कुरामा जो अध्यक्ष भएपनि सहयोग गर्नुपर्छ । समग्रमा दुई वर्षे कार्यकाल पोखराका हरेका उद्योगी ब्यबसायीले सम्झनयोग्य र गर्वगर्न लायक बनाउनेछु । विगतमा पोखराको बिकासा लागि बन्ने हरेक नीति निर्माणमा पोखरा उद्योग वाणिज्य संघ महत्वपूर्ण हिस्सा बन्ने गरेकोमा केहि वर्षयता त्यो फितलो बन्दै आएको छ । त्यसमा नेतृत्व र पदाधिकारी गम्भीर हुनै सकेनन् । ब्यबसायीको संस्था मात्रै बनाएर पोखराको समग्र विकासमा हुनुपर्ने जबरजस्त भूमिका पनि पछिल्लो समयमा देखाउन सकिरहेका छैनन् तसर्थ सम्बृद्ध पोखरा निर्माणका लागि सबै सम्भावनाहरुलाई समेटेर एउटा नेतृतवदायी संस्थाका रुपमा पुन उद्योग वाणिज्य संघलाई लैजान अध्यक्ष सहित हरेक सदस्यसँग समन्वयकारी भुमिका खेल्न जो अध्यक्ष या सदस्य आएपनि मलाई कुनै असर गर्दैन ।

६) पोखरा उद्योग वाणिज्य संघ ब्यबसायीक संस्थामा सिमित नभएर राजनीतिक संस्था बन्दै आएको आरोप आम पोखरेलीले लगाउन थालेका छन् । ब्यबसायीक संस्थामा राजनीति भएकै हो ? कस्तो बन्नुपर्छ संघ ?

यो कुरा सत्य हो । पोखरा उद्योग वाणिज्य संघलाई राजनीति गर्ने थलोका रुपमा बिकास गर्ने प्रयास भईरहेको छ । म स्पष्ट छु र ती साथीहरु जो विशुद्ध ब्यबसायी संस्थामा आश्थाको राजनीति गर्छु भन्ने सपना देखिरहनुभएको छ त्यसलाई हटाईदिनोस ।

आश्थाकै राजनीति गर्ने भए स्थापित दलहरु नै छन् त्यता बाट तपाई अझै ठूलो पद र स्थानमा पुग्न सक्नुहुन्छ तर उद्योग वाणिज्य संघमा बसेर काम गर्ने उदेश्य राख्ने हो भने हरेक पदका ब्यक्ति जिम्मेवार बन्नुपर्छ र राजनीतिक आश्थालाई बाहिरै राखेर आफु निकट दलभन्दा माथी उठ्नु आवश्यक हुन्छ । होला जो कोही पनि कुनै दल र सिद्धान्तमा आश्था राखेको हुन्छ तर संघ भित्र बसेर दलको झण्डा ओढ्ने भनेको संघलाई थप कमजोर बनाउने हो । संघको गरीमा र विरासत लाई मेटाउनु हो ।

७) तपाईसँग आफुले जित्ने आधार के के छन् । ?

मैले यसअघि भनेका तमाम कुरा नै मैले जित्ने आधार हुन् । यो कुरा आम मतदाता ब्यबसायीलाई बुझाउन सकेको छु । त्यसबाहेक विगत लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थाको सफल नेतृत्व गरेको छु । पोखरा उद्योग वाणिज्य संघको एक कार्यकाल सदस्य भएर काम गरीसकेको छु जसले मलाई संघलाई नजिकबाट बुझ्ने बवसर प्रदान गरीसकेको छ ।

ब्यबसायीका समस्या के के छने भन्ने स्पष्ट रुपमा बुझेको छु । त्यस्तै मदिरा ब्यबसायी महासंघको केन्द्रिय महासचिवका रुपमा कार्य अनुभव मसँग छ । तसर्थ महासचिवको पदमा बसेर के– के कार्य गर्नुपर्छ त्यो हेक्का छ । मसँग रहेका एजेण्डाहरु नै मेरा जित्ने आधारका रुपमा लिएको छु । समग्रमा भन्नुपर्दा पोखरा उद्योग वाणिज्य संघको गरीमा कायम राख्न , ब्यबसायीक हकहितका लागि समन्वयकारी भूमिका खेल्न , खस्कदै गरेको संघको आर्थीक अवस्था बलियो बनाउन , सम्बृद्ध पोखरा निर्माणका लागि नीतिगत बहस थाल्नका लागि आम मतदातालाई आफ्ना एजेण्डा बुझाउन सफल भएको छु । चुनावको संघारमा मैले भेटेका सबै मतदाताहरु म र मेरा एजेण्डाप्रति सकारात्मक पाएको छु ।

उहाँहरुको शुभकामना र आशिर्वाद पाईरहेको छु । अब उहाँहरुको यो सकारात्मक उर्जा र शुभेच्छासहित मत पनि मैले प्राप्त गर्नेछु जसले मलाई जित शुनिश्चित गराउनेछ ।

  • २३ भाद्र २०७९, बिहीबार १३:२३ प्रकाशित