पोखरा ।
मंसीर ४ को निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ।
पार्टी सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनीत गरेका हुन् । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।
गएको स्थानीय तहको निर्वाचनमा अर्का महामन्त्री गगन कुमार थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र तयार गरेको थियो ।