काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिन पनि विदेशीसँग माग्नुपर्ने बेला आएको भन्दै गुनासो गरेका छन् ।
निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले देशको आम्दानी नहुँदा अहिले कर्मचारीको तलब दिन पनि विदेशीको आश गर्नुपर्ने दिन आएको बताएका हुन् ।
कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने भन्दै उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उनको भनाई छ । अस्थायी सरकारको कारण पनि देशमा आम्दानी हुन नसकेको देउवाले बताए ।
तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ रु पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो ।’ उनले भने
उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए ।