पोखरा ।
विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रजनी केसीले राजीनामा दिएकी छन् ।
विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यदेखि साधारण सदस्य समेत नरहने गरी मंगलबार पार्टीबाट राजीनामा दिएकी हुन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै केसीले राजीनामा दिएकी हुन् ।
पछिल्लो समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगायतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका पुगेर राजीनामा दिएको उनले बताइन् ।
केसीले आगामी दिनमा राजनीतिक यात्रलाई निरन्तरता दिने बताएकी छन् ।
प्रेष विज्ञप्ति
राजिनामा दिएकाे सम्बन्धमा ।
बिगत ३ वर्ष देखि साझा पार्टी हुँदै विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्यका रुपमा रहँदै गत उपनिर्वाचन २०७६ कास्की क्षेत्र नं.२ काे प्रतिनिधि सभा सदस्यकाे प्रतिस्पर्धी उमेदवार भई पार्टीको नीति सिद्धान्त र चुनाव चिन्हलाई जनस्तर सम्ममा पुर्याउने तथा सङ्गठन विस्तारका कार्यहरुमा निरन्तर क्रियाशिल रहँदै आएकोमा हाल पछिल्ला समयहरुमा पार्टीमा देखिएका विविध विचलन लगाएतका गतिविधिहरुबाट सो पार्टीमा रहन नसकिने निश्कर्षका साथ विवेकशिल साझा पार्टीको केन्द्रीय सदस्य देखि साधारण सदस्य समेत नरहने गरी यही मिति २०७९ भाद्र २० गते देखि औपचारीक रुपमा राजिनामा दिएको ब्यहाेरा जानकारी गराउंदछु ।
साे पार्टीमा रहदा साथ, सहयाेग, सद्भाव प्रदान गर्नुहुने पार्टीका मित्रहरू, अाममतदाता, पत्रकार मित्रहरू एवं शुभचिन्तकहरुमा हार्दिक धन्यवाद सहित अाभार ब्यक्त गर्दछु ।
सदा झै अागामिदिनहरूमा पनि मेराे राजनितीक यात्रामा यहांहरूकाे साथ, सहयाेग र सद्भावकाे निरन्तरताकाे अपेक्षा गर्दछु । धेरै धेरै धन्यवाद
रजनी के.सी.
२०७९/०५/२२