पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जातजातीले मनाउने पर्वलाई कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन हटाउने अवसरका रुपमा मनाउनुपर्ने बताएकी छन् । गुरुङहरुको सास्कृतिक पर्व ट्होटेंको अवसरमा पोखरामा भएको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
नकारात्मक उर्जालाई हटाएर सकारात्मक उर्जा दिने जनविश्वास रहि आएको ट्होटें पर्वले कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन हटाउन उर्जा प्रर्दान गर्ने भण्डारीले विश्वा व्यक्त गरिन् ।
सो अवसरका बोल्दै भण्डारीले नेपाली संस्कृतीको संरक्षणर र सम्बद्र्धनमा पनि गुरुङहरुको महत्वपूर्ण योगदान रहेको बताउदै राष्ट्रपतिले रानेपाल राष्ट्रको एकिकरणको प्रकृयामा गुरुङ जातीको विशेष योगदान रहेको बताइन् ।
गुरुङ जातीको मौलिक भाषा, संस्कृती, रितिरिवाज, चाडपर्व र भेषभुषाले नेपाली राष्ट्रीय संस्कृतिलाई सवल र समृद्ध बनाउन ठुलो योगदान पुर्याएको बताइन् ।
ट्होटें पर्वको अवसरमा गुरुङ समुदायले महेन्द्रपुल देखी नयाँ बजार तमु धीँको कार्यालयसम्म झाँकी सहितको र्याली निकालेका थिए ।













