काठमाडौं ।
आज आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन हो ।
निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार दल दर्ताको म्याद आज सकिदैं छ ।
निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
पौडेलका अनुसार आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् ।
आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भइसकेका छन् । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले दल दर्ता गराउन बाँकी छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको मिति र समयभित्रै दल दर्ता गर्ने बताए ।













