प्रेस युनियन निर्वाचन : अध्यक्षमा लम्साल ७७ मतले अगाडी, महासचिवमा दिलिप २७० मतले अगाडी

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसनिकट संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ।

हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्दैछ । हिजो भएको निर्वाचनको मतगगणना जारी छ । जारी मतगणना पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार शिव लम्साल नेतृत्वको प्यानले अग्रता लिएको छ ।

७ सय ७१ मत गनिसक्दा शिल लम्सालले ४१६ मत ल्याएका छन् भने अध्यक्षकी प्रत्यासी अनिता बिन्दुले ३३९ मत प्राप्त गरेकी छिन् । लम्साल ७७ मतले अगाडी छन् ।

यस्तै महासचिवमा दिलीप पौडेलले अग्रता लिएका छन् । पौडेलले ५०५ मत प्राप्त गर्दा जगन्नाथ दुलालले २३५ मत पाएका छन् । दुलाल भन्दा पौडेल २७० मतले अगाडी छन् ।

  • ८ श्रावण २०७९, आईतवार १४:४० प्रकाशित