पोखरा ।
युनाइटेड कम्युनिटी नेपालले उड्डयन र स्टेम सम्बन्धी शिक्षा संचालन गर्ने भएको छ । एरोस्टार अमेरिकन संस्थाको सहयोगमा उक्त कार्यक्रम संचालन गर्न लागिएको युनाइटेड कम्युनिटी नेपालका कार्यकारी निर्देशक विनोद न्यौपानेले जानकारी दिए ।
संस्थाले सामुदायीक विद्यालयमा उड्डयनसंग सम्बन्धीत जानकारी दिने बताइएको छ । विमानस्थल संचालन कसरी हुन्छ, संचालनका लागि के कस्तो जनशक्ती आवश्यक पर्छ र यसको भविष्य लगायतका जानकारी विद्यालय– विद्यालयमा पुगेर विद्यार्थीलाई अभिमुखीकरण गरिने न्यौपानेले बताए ।
एरोस्टारका निर्देशक तम्मेरा एल होम्सलले अल्पविकसीत मुलुकमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल संचालनको तयारी रहेको आफुले जानकारी पाएको बताइन् । त्यसकारण पनि पोखराका विद्यार्यीहरुमा यो कार्यक्रम अझै प्रभावकारी हुने उनले आशा व्यक्त गरिन् ।
तम्मेरा पोखरामा बिताएको समय सम्झँदै भन्छिन्, यस देशका विद्यार्थीहरू अमेरिकाका केही विद्यार्थीहरू जस्तै छन् । स्रोतको अभाव, उड्डयनमा करियरको बारेमा चेतनाको कमी, र पिछडिएका युवाहरूको गुणस्तर प्रोग्रामिङमा सीमित पहुँच रहेको तम्मेरा बताउछिन् ।
तम्मेराले पोखरा सामुदायिक विद्यालयहरू, समुदायका नेताहरूलाई धन्यवाद र परियोजनामा चासोको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद दिएकी छन् । विश्वव्यापि आवस्यकतालाई बुझेर यो कार्यक्रम संचालन गर्न लागिएको उनको भनाई थियो ।
परियोजना संचालनका लागि गण्डकी प्रदेश सरकार र अन्य सरोकारवाला निकायसंग छलफल भइरहेको न्यौपानेले बताए ।
पहिलो चरणमा कास्कीका २ वटा विद्यालयमा यो परियोजनाले काम गर्ने छ । माछापुच्छ्र्रे गाउपालिकाका दुइवटा विद्यालयमा पहिलो भिजिट र पोखरा विमानस्थलसंग पनि छलफल भएको न्यौपानेले बताए । सरकारबाट स्विकृत पाए पछि परियोजना संचालन हुने बताइएको छ ।













