सातै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री मधेस प्रदेशमा

केन्द्रभाग मिडिया

आज देशका सातै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायत मधेश प्रदेशमा भेला भएका छन् ।

साझा प्रतिवद्धता घोषणाका लागि आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायत भेला भएका हुन् । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो ।

उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम हुन लागेको जनाइएको छ । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा रहेको टोलीले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि छलफल हुने गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धता पत्र जारी गरिने मन्त्री साहले बताए । सात वटै प्रदेशका मन्त्रीहरुको टोलीको भेलाबाट शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि आउने निष्कर्षलाई आधार बनाई जनकपुरधाम साझा प्रतिबद्धता पत्र जारी गरिने उनले बताए ।

  • २३ असार २०७९, बिहीबार १०:४३ प्रकाशित