पोखरा ।
स्याङ्जामा अवैध रुपमा ढुंगा उत्खनन् गरि ओसारपसार गरिरहेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर २ बटुवास्थित मिर्मी जिरो भित्री पक्की सडकखण्डबाट अवैध रुपमा ढुंगा उत्खनन गरेको आरोपमा ग १ क ७४४० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि गल्याङ नगरपालिका कार्यालय स्याङ्जा पठाइएको प्रहरीले बताएको छ ।











