पोखरा ।
गोरखामा बस दुर्घटनामा परेको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ छोप्राकको राम्चे चौतारामममा बस दुर्घटनामा परेको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।
नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
बसमा २० जना सवार रहेको गोरखाका प्रहरी नायब निरिक्षक लीलाराज लाभिछानेले जानकारी दिए ।












