सुनको मूल्य आज एकै दिन तोलामा १५ सय घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य आज एकैदिन तोलामा १५ सयले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सयले घटेर प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख २ हजार र तेजावी सुन १ लाख १ सय ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितो्लामा ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १४२० रुपैयाँ कायम गरिएको थियो।

  • ७ बैशाख २०७९, बुधबार १४:४७ प्रकाशित