पोखरामा दिउँसै अन्धकार :चट्याङ्गसहित दर्कियो पानी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आज दिउँसै अन्धकार भएको छ। मंगलबार दिउँसो झण्डै साढे ३ बजेतिरबाट पानी दर्किदा दिउँसै अन्धकार भएको भएको हो । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोही प्रभावका कारण अहिले पोखरामा चट्याङसहित मेघ गर्जन पानी परिरहेको छ । मेघ गर्जन पानीले अन्धार हुदाँ सवारी साधनहरु दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य भएका छन् । पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा अलपत्र परेका छन् ।
महाशाखाले प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको यसअघि सूचना दिएको थियो ।

 

  • ६ बैशाख २०७९, मंगलवार १६:५६ प्रकाशित