रेडक्रस गण्डकीको साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको चौथो साधारणसभा पोखरामा सम्पन्न भएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रेदशका प्रमुख सचिव रविलाल पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्याटन कार्यक्रममा बोल्दै प्रमुख सचिव पन्तले मानवता भन्दा ठुलो विषय केही हुन नस्कने बताए । रेडक्रसका क्रियाकलापलाई  शुसाशन र पारदर्शीता संगसंगै लैजान सक्नुपर्ने पन्तले बताए ।


रेडक्रसकर्मीले गरेका काममा जनस्तरबाट गुनासो आउन नहुने, त्यसका लागि सचेत भएर काम गर्नुपर्नेमा पन्तले जोड दिए । प्रदेश सरकार रेडक्रससंगै मिलेर काम गरिरहेको र गरिरहने उनले प्रतिवद्धता गरे ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशका सचिव बद्रीनाथ अधिकारीले रेडक्रससंग मिलेर मन्त्रालयलयले गएको वर्ष पनि काम गरेको र यसलाई निरन्तरता दिने बताए ।


यस्तै रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेले सात प्रदेशका कमिटि मध्य गण्डकी प्रदेश अग्रणी रहेको बताए । देश संघिय व्यवस्थामा गए पछि भर्खर स्थापना भएको संस्थाले गरेको कृयाकलाप गौरव गर्न लायक रहेको बताए ।


रेडक्रस गण्डकीका सभापति सूर्यप्रसाद ढकालले प्रदेश समिति स्रोतको अभावका विच काम गरिरहेको जानकारी दिए । उनले प्रदेशको गोदाम घर सानो हुदाँ केन्द्रीय कार्यालयबाट उपलब्ध हुने गैर खाद्य बस्तु गोदाम गर्न नसकिएको बताए । प्रदेश गोदाम घर पोखरामा १५ सय परिवार र लमजुङको गोदामघरमा पाचँ सय परिवारका लागि गैर खाद्य बस्तुको भण्डार रहेको ढकालले जानकारी दिए ।

कम्तिमा ५ हजार परिवारका लागि गैर खाद्य बस्तु भण्डार गर्नुपर्ने र नवलपुर र बगलुङमा उपक्षेत्रीय गोदाम आवश्यकता रहेको ढकालले औल्याए ।


साधारण सभामा महासचिव बलराम आचार्यले वार्षिक प्रगति प्रतिवदेन पेश गरेका थिए । सो अवसरमा रेडक्रस म्याग्दी शाखाका शाखा विकास अधिकृत धनन्जय कुमार श्रेष्ठलाई सक्रिय कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा रमदत्त पौडेल, डिल्लिराम बराल, फुलमाया गुरुङले बोलेका थिए ।

  • ६ बैशाख २०७९, मंगलवार १५:३३ प्रकाशित