चौतर्फी आलोचना पछि विदेशीले २०० डलर बोक्नुपर्ने निर्णय खारेज

केन्द्रभाग मिडिया

काठमाडौं ।

चौतर्फी आलोचना पछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर बोकेर आउनु भनि गरेको निर्णय खारेज गरेको छ ।

मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक, अध्यागमन कार्यालय टिआइएका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरी उक्त निर्णय स्थगित गरिएको हो ।

‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन टिआइए अध्यागमन कार्यालयले वैशाख तीन गते एक सूचना प्रकाशित गरी भनेको थियो ।

  • ६ बैशाख २०७९, मंगलवार १३:१० प्रकाशित