क्रिष्टियानो रोनाल्डोको छोराको मृत्यु

केन्द्रभाग मिडिया

विश्वमै चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको छोरोको मृत्यु भएको छ ।

म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेको रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो जुम्ल्याहा नवजात शिशुमध्ये एकको मृत्यु भएको बताएका छन् ।

 ‘हाम्रो गहिरो दुःखका साथ भन्नुपर्छ की हाम्रो बच्चाको निधन भएको छ,’ रोनाल्डोकी पत्नी जर्जिना रोड्रिग्वेको हस्ताक्षरसहित पोष्ट गरिएको सूचनामा भनिएको छ, ‘यो कुनै पनि अभिभावकले महशुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा हो ।’

 रोनाल्डो र उनको पत्नी रोड्रिग्वेजले थपेका छन्, ‘हाम्रो छोरी जिवित भएकाले हामीलाई थोरै आशा र खुसी मिलेको छ ।’

सामाजिक सञ्जालमा प्रकाशित सूचनामा थप भनिएको छ, ‘यस क्षतिबाट हामी स्तब्ध छौं । र हामी यस कठिन समयमा एकान्त चाहन्छौं । बच्चाप्रति हाम्रो सदैव माया छ ।’

पोर्चुगलका कप्तान रोनाल्डोले गत वर्ष आफूहरुले जुम्ल्याहा बच्चालाई जन्म दिन लागेको घोषणा गरेका थिए ।रोनाल्डोको छोरा र छोरीमध्ये छोराको निधन भएको हो । रोनाल्डोको यसअघि चार सन्तान थिए ।

  • ६ बैशाख २०७९, मंगलवार ११:०६ प्रकाशित