काभ्रेभीरमा पुन टाईमकार्ड : दैनिक ३ घण्टा सडक बन्द हुने

केन्द्रभाग मिडिया

म्याग्दी ।

बेनी – जोमसोम सडकस्थित काभ्रेभीरमा दैनिक ३ घण्टा सडक बन्द हुँने भएको छ । काभ्रेभीरमा पून : टाईमकार्ड लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिप्रका मुस्ताङले सूचना प्रकाशित गरी काभ्रेभीरमा भोलि बुधबारबाट बिहान ११ बजेदेखि २ बजे सम्म दैनिक ३ घण्टा सडक बन्द हुने जानकारी दिएको हो ।

मुस्ताङको घाँसादेखि काभ्रेभीरको जोखिमयुक्त सडकमा बिष्पोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक चौडा गर्नुपर्ने भएकाले सडक स्तरोन्नति सहज गराउन सोमबार बसेको जिल्ला सुरक्षा समितिले पूनः टाईमकार्ड लागु गर्ने निर्णय गरेको हो। काभ्रेभीरमा बैशाख ७ गते अर्थात भोलीदेखि बैशाख २० गतेसम्म दैनिक ३ घण्टा सडक बन्द हुनेछ ।

यसअघि गौरवको सडक आयोजनाको लागि पर्वतको मालढुङ्गा देखि बेनी सडकमा पनि सडक स्तरोन्नतिका लागि म्याग्दी प्रशासनले दैनिक ५ घण्टा टाईम कार्ड लगाएको थियो ।

  • ६ बैशाख २०७९, मंगलवार १०:०७ प्रकाशित