आगामी शनिबार इन्डियन आइडल विजेता पवनदीपको काठमाडौंमा कन्सर्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

इन्डियन आइडल २०२१ का उपाधि विजयी पवनदीप राजन आगामी शनिबार काठमाडौं आउने भएका छन् । काठमाडौंमा प्रस्तुति दिनका लागि गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्

डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अवार्ड सेरमोनी कार्यक्रममा पवनदीपले वैशाख १० गते काठमाडौँको पाँचतारे होटेल याक एण्ड यति दरबारमार्गमा आफ्नो सांगितिक प्रस्तुति दिनेछन् ।

साथै यही वैशाख ११ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पवनदीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ । कार्यक्रमका लागि दुई थरीको टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्ने आयोजकले जनाएको छ । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार काठमाडौको विभिन्न स्थानहरु जस्तै लुना रेष्टुरेण्ट एण्ड बार ठमेल, लर्ड अफ ड्रिंक्स ठमेल, मोजो बुटिक होटेल बानेश्वर, लोकल रेष्टुरेण्ट मध्य बानेश्वर, रोयल एम्पायर बुटिक होटल बालुवाटारबाट समेत टिकट लिन सकिने छ ।

  • ४ बैशाख २०७९, आईतवार १६:२८ प्रकाशित