हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समूह दिदिबहिनी समुह अध्यक्षमा मनसुबा नेपाली

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशिल हिमाली साँस्कृतिक परिवारले नयाँवर्ष २०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रजत जयन्ती वर्षमा प्रवेश गरेको साँस्कृतिक परिवारले शनिवार आफ्नो कार्यसमिति, संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कलाकारहरुका बिच शुभकामना आदान प्रदानसहित बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना कार्यक्रमसहित संस्थाको उद्धेश्य परिपुर्ति गर्न थप पहलका लागि हिमाली साँस्कृतिक परिवार दिदिबहिनी समुह गठन गरिएको छ । समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ (ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ, नितु गुरुङ(बी),दिपिका गुरुङ,कविता गुरुङ र रञ्जु बालकोटी रहेका छन् ।

यसरी नै कार्यक्रममा आयोजित म्युजिकल चेयर महिलातर्फ कोमल तामाङ विजेता, प्रकृति गुरुङ दोश्रो र प्राप्ती तुलाचन तेश्रो हुदै पुरस्कृत भए भने पुरुषतर्फ सनबहादुर गुरुङ प्रथम, दिपक थापा द्धितिय र करिब घलान तृतिय हुदै पुरस्कृत भएका थिए ।

हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेको उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले शुभकामना व्यक्त गरेका थिए । भने सांस्कृतिक एवम खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन सहसचिव माधव गुरुङले गरे ।

  • ३ बैशाख २०७९, शनिबार १९:१९ प्रकाशित