१८ अर्ब सहुलियत ऋण स्वीकार्ने मन्त्रिपरिषदको निर्णयः अन्य के–के निर्णय भए?(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्ले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । गत चैत ३० गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णयसहितका महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

बैठकले यी लगायत ७ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

  • २ बैशाख २०७९, शुक्रबार १४:२८ प्रकाशित