राष्ट्र बैंकको तथ्यांक भन्छ,‘सरकारसँग अझै ६.७ महिनाको आयात धान्ने डलर छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालको आर्थिक अवस्थामा टाट पल्टने स्थितीमा पुगेको भन्दै चर्चा भइरहेको बेला राष्ट्र बैंकको तथ्यांकले सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको देखाएको छ ।

मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा  १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको देखाइएको हो । बैंकका अनुसार फागुन मसान्तमा ११७१ अर्ब डलर रुपैयाँ विदेशी सञ्चिती रहेको छ ।

यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु।१२४४ अर्ब ६३ करोड रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १०१८ अर्ब ५ करोड कायम भएको छ ।

  • २९ चैत्र २०७८, मंगलवार १४:४६ प्रकाशित