माझठानाका श्रीकृष्ण लामिछाने कांग्रेस गण्डकी समितिमा मनोनित

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले श्रीकृष्ण लामिछानेलाई आमन्त्रीत सदस्य मनोनित गरेको छ ।

सभापति शुक्रराज शर्माले लामिछानेलाई सदस्यमा मनोनित गरेका हुन् । पार्टीको नियमावलि २०७६ को परिच्छेद १८, ५६ २ बमोजिम नियुक्ती गरिएको प्रदेश समितिले जनाएको छ ।

साविक माझठाना गाविस हाल पोखरा महानगर २८ निवासी लामिछाने कांग्रेस राजनीतिमा सक्रिय छन् । लामिछाने माझठाना पोखरा सम्पर्क समाजका सस्थापक अध्यक्ष हुन् ।

  • २९ चैत्र २०७८, मंगलवार १३:५७ प्रकाशित