महानगरदेखि गाउँपालिकासम्मको उम्मेदवार छान्न माओवादीको यस्तो सर्कुलर

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्नको लागि विशेष सर्कुलर जारी गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै तहको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् ।

जसअनुसार माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको छ ।

‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टीका प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने भनेर सर्कुलरमा भनिएको छ ।

यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्नुपर्ने छ भने त्यस्तो सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । त्यसपछि निर्णयलाई केन्द्रीय कार्यालयबाट अनुमोदन गराउनुपर्नेछ । यस्तै वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्ने छ ।

चुनावमा सत्तारुढ दलहरूबीच गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड दिन पनि माओवादीले निर्देशन दिएको छ । लरमा भनिएको छ ।

  • २९ चैत्र २०७८, मंगलवार १०:४१ प्रकाशित