शशांकलाई निर्वाचन आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको भन्दै कोइरालाले सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि आयोगले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।

  • २८ चैत्र २०७८, सोमबार १७:१३ प्रकाशित