गठबन्धनले तालमेलको मोडालिटी भोलि टुंगो लगाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारूढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनको बैठकले एक अर्कालाई साथ दिदैँ अघि बढ्ने निर्णय गरेसँगै मोडालिटी तय गर्ने भएको हो ।

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न सकेन । बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे छलफल भएको थियो ।

उनीहरूबीच पाँचदलीय सत्ता गठबन्धनमा रहेका दलहरूबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति गरे पनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेन । चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा टुंगो लगाउने उनीहरूको तयारी छ ।

  • २८ चैत्र २०७८, सोमबार १६:०३ प्रकाशित