पोखरा महानगर–२ मा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर–२ ले स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन नगर्ने भन्दै जिल्ला समिति कास्कीलाई पत्र पठाएको छ ।

आइतबार एक विज्ञप्ती जारी गदै वडा समितिले वडानमा गठबन्धनको आवश्यकता नपर्ने एक्लै चुनावी प्रतिष्प्रर्धामा जादा सम्मानजनक जीत हासिल गर्न सकिने जनाएको छ ।

२०६९ बैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनमा विभिन्न दलहरुसंग गठबन्धन गर्ने भन्ने केन्द्र र जिल्ला कार्यसमितिको सहमति प्रति गम्भिर ध्यानकर्षण भएको वडा सचिवद्धाय अग्नि प्रसाद भुसाल र शुसिला बराल रेग्मीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पत्रमा सम्पूर्ण क्रियासिल सदस्यहरु गठबन्धन नगर्नेमा अडिक रहेको विज्ञप्तीमा भनिएको छ ।

  • २७ चैत्र २०७८, आईतवार १८:५८ प्रकाशित