बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको छ : पूर्वअर्थमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताएका छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापार सन्तुलन गुमेको, भुक्तानी सन्तुलन गुमेको, वैदेशिक लगानी कमजोर भएको र बजेट खर्चमा समेत समस्या रहेको उनले बताए । पछिल्लो तथ्याङ्कअनुसार ३३ अर्ब रुपैयाँ बजेट बचतमा रहेको ठेक्का पट्टाको ५० अर्ब रुपैयाँ माग रहेको बताउँदै नेता पाण्डेले खर्च भएन होइन अब रोक्नुपर्ने अवस्था आएको जिकिर गरे ।

नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले बढ्दो आयात, चालू खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दाबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए ।

तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको आरोप उनले लगाए । तीव्र आयातका कारण यसवर्ष २२ खर्ब माथिको आयात हुने देखिएकोमा राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न लागेको तर सरकारले गभर्नर माथि नै एक्सन लिएको उनले बताए । यो सरकारको गलत कदम भएको उनको भनाई थियो ।

  • २७ चैत्र २०७८, आईतवार १४:३१ प्रकाशित