गठबन्धनको निर्वाचन तयारी समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब स्थानीय तह निर्वाचन आउन ३३ दिन मात्र बाँकी छ । निर्वाचनको दिन नजिकिएसँगै पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने बताइएको छ ।बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुनेछ ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

  • २७ चैत्र २०७८, आईतवार ०८:५९ प्रकाशित