पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

केन्द्रभाग मिडिया

एजेन्सी ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनी विरुद्ध पेशभएको अविश्वासको प्रस्तावको पक्षमा शनिबार मध्यरातमा संसदमा भएको मतदानमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । यो सँगै उनी पदमुक्त भएका हुन् ।

अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा बहमत सांसदले मतदान गरेका थिए । योसँगै नयाँ प्रधानमन्त्री चयनका लागि आज दिउँसो २ बजे संसद बैठक बस्ने भएकोछ ।

यसअघि खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो ।

 

  • २७ चैत्र २०७८, आईतवार ०७:२४ प्रकाशित