चितवन कांग्रेस सभापतिको चेतावनी :‘प्रमुखमा सहयोग नगरे परिणाम फरक आउँन सक्छ’

केन्द्रभाग मिडिया

चितवन।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिएका छन् । उनले गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेकोले यसपटक काँग्रेसलाई नेतृत्वपमा सहयोग गर्नुपर्ने बताएका हुन् ।

सभापति खनालले समूहभित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई आग्रह गरे । उनले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए । उनले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने बताए ।

उनले नेपाली काँग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि बताए । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली काँग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गरे ।

  • २५ चैत्र २०७८, शुक्रबार १४:३३ प्रकाशित