पशुपतिमा धर्मशालामा बतासले चलाएको होटलमा सरकारले लगायो ताला

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवादमा परेको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दमा सरकारले ताला लगाएको छ ।

बतास समुहले चलाएको उक्त होटल खाली गर्न सूचना लिएर गएका पशुपति क्षेत्र विकास कोषका टोलीलाई होटलका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

कोषले यसअघि नै बताससँग भएको सम्झौता रद्द भएको भन्दे पत्र उक्त समुहले लिन अस्वीकार गरेपछि गोरखापत्रमा सार्वजनिक सूचना निकाली सम्झौता रद्ध भएको जानकारी गराइएको थियो ।

आज होटल सिल गर्न गएको सरकारी टोलीलाई भित्र छिर्न नदिएपछि कोषले बाहिरबाटै होटलमा ताला लगाएको हो । ताला लगाउनु अघि होटलका कर्माचारी र टोलीबीच झण्डै २ घण्टा चर्काचर्की भएको जनाइएको छ।कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका थिए भने होटलमा पाहुना भित्र थुनिएका छन् ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

  • २५ चैत्र २०७८, शुक्रबार १४:२२ प्रकाशित