नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित निश्चित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । मतपरिणाम अनुसार घिमिरेको पूरै प्यानल करिब १४ सय मत गन्न बाँकी छँदै विजयी भएको हो ।

ताजा मतपरिणाम अनुसार अध्यक्षमा घिमिरेले ३ हजार ७ सय २८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत ल्याएका छन् । महासचिवमा अन्जिता खनालले ३ हजार १ सय ७५ मत ल्याउँदा प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत ल्याएका छन् ।

बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।

  • २५ चैत्र २०७८, शुक्रबार १२:३६ प्रकाशित