बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा पाँच दलले स्थानीय तह निर्वाचन र गठबन्धनको चुनावी रणनीतिबारे छलफल गर्न बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सभागी छन्।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगितबारे जानकारी गराउने बताइएको छ। गठबन्धनको बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा अनुगमनका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको छ।

  • २५ चैत्र २०७८, शुक्रबार १२:१५ प्रकाशित