विप्लव समूहका नेता अचानक पुगे निर्वाचन आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचनमा सहभागी नहुने र बहिष्कार पनि नगर्ने बताएको विप्लव नेतृत्वका केही नेता आज अचानक निर्वाचन आयोग पुगेका छन् ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा गएको हो ।

स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेको बताइएको छ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।

  • २४ चैत्र २०७८, बिहीबार १६:२१ प्रकाशित