आचार संहिताप्रति एमालेको ६ बुँदे असहमति (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति एमालेले असमति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। एमालेले ६ बुँदे लिखित असहमति सहितको पत्र आज दिउँसो आयोगलाई बुझाएको हो । निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै पत्र बुझाएका छन् ।

एमालेले निर्वाचन आचारसंहिताको दफा ४ को व्यवस्था राजनीतिक दल, उमेदवार, तिनका प्रतिनिधि र मतदाता समेत सबैलाई लाग हुने भनी गरेको व्यवस्थाको उपदफा ९थ० प्रति आपत्ति जनाउँदै सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो ।

आयोगको उक्त प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफनो दलको पक्षमा मत माग्न र उम्मेदवार स्वयंलाई प्रचार गर्न निषेध गरेको एमालेको आरोप छ । एमालेले निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्नो विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि भएकाले संविधानको धारा २६९ को उपधारा ९१० ले यसको प्रत्याभूति गरेको जनाएको छ । जुन प्रावधानलाई पुनर्विचार गर्न एमालेले आयोगलाई आग्रह गरेको छ ।

  • २४ चैत्र २०७८, बिहीबार १६:०० प्रकाशित