बर्खास्त गरे अदालत जाने संक्रामक रोग अस्पताल व्यवस्थापन समितिको चेतावनी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समितिले सरकारले बर्खास्त गर्न लागेको भन्दै अदालत जाने चेतावनी दिएको छ । समितिले बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरि समितिका पदाधिकारीलाई बर्खास्त गर्ने नियत सहित गण्डकी प्रदेश सरकारले २४ घण्टे प्रष्टीकरण सोधेको भन्दै बर्खास्त गरे अदालत जाने चेतावनी दिएका हुन् ।

समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले समितिलाई विगतको सरकारले तीन वर्षे अवधिको लागि नियुक्ती दिएकाले आफुहरुले तोकिएको अवधिसम्म काम गर्न पाउनुपर्ने बताए । के काम नगरेको भन्ने स्पष्टीकरण सोधिएको पात्रमा खुलाइएको छैन, काम नगरेको भन्दै प्रष्टीकरण सोधियो, उनले भने, समितिले अस्पतालको व्यवस्थापमा सक्रियताका साथा काम गरिरहेको छ ।

यस पहिले पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारले नियुक्ती गरेका पदाधिकारी हटाउने मनसायले प्रष्टीकरण सोधिएको समितिको आरोप छ । प्रदेश सरकारले गएको बैशाख १६ गते अध्यक्ष र १९ गते सदस्यहरुको नियुक्त गरेको थियो ।

प्रदेश सरकारको मन्त्रिपरिषदको चैत १८ गतेको बैठकले उक्त अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलसहित सदस्यलाई सफाई पेस गर्ने मौका दिने निर्णय गरेको थियो । निर्णय अनुसार चैत्र २१ गते मुख्यमन्त्री कार्यालयले अध्यक्ष पौडेललाई प्रष्टीकरण सोधेको छ भने, स्वास्थ्य मन्त्रालयले अस्पतालका सदस्यहरु मेजर रामप्रसाद गुरुङ, सूर्यकुमारी बञ्जारा र डाक्छर ध्रुव अधिकारीलाई २४ घन्टाभित्र ‘यहाँलाई किन कारबाही नगर्ने भन्ने’ व्यहोरासहितको प्रष्टीकरण पत्र पठाएको छ । अध्यक्ष पौडेलले चार जनाले नै चैत्र २३ गते प्रष्टीकरण बुझाइएको जानकारी दिए ।

प्रदेश सरकारले स्थापना दिवशको अवसरमा सोही अस्पताललाई उत्कृष्ट घोषण गदैँ पुरस्कार दिएको थियो । अस्पतालका निर्देशक डाक्टर विकाश गौचन समेत उत्कृष्ट कर्मचारी घोषणा भएका थिए ।

यसअघि फागुन २४ गते सरकारले तीन दिन भित्र भए गरेका काम र भावि योजना पेश गर्न समितिलाई निर्देशन दिएको थियो । फागुन २७ गते अस्पतालले १०८ पृष्ट प्रगति विवरण प्रदेश सरकारलाई बुझाएको थियो । स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले जवाफ चित्त नबुझेको भन्दै मन्त्रीपरिषद्मा प्रष्टीकरण सोध्ने प्रस्ताव राखेकी थिइन् ।

प्रदेशको अस्पताल विकास समिति गठन आदेश २०७७ अनुसार उनीहरुलाई सरकारले नियुक्ती गरेको थियो ।

प्रदेश सरकारले यस पहिले समितिको म्याद सकिएका ११ वटा अस्पतालमा भागबण्डाका आधारमा व्यवस्थापन समिति नियुक्ती गरेको छ । तनहुँ , गोर्खा र सरुवा रोग अस्पतालमा भने पहिलेको सरकारले नियुक्ती गरेको समिति सक्रिय छ ।

 

  • २४ चैत्र २०७८, बिहीबार १३:३६ प्रकाशित